सामग्रीमा जानुहोस्

वित्तीय विवरणहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वित्तीय विवरण (वित्तीय प्रतिवेदन) भन्नाले संस्थाको वित्तीय अवस्था तथा कार्य सम्पादनको चित्रण गर्ने आधिकारिव विवरणहरुलाई जनाउँदछ । नेपालको सन्दर्भमा नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्थाले लागु गरेको नेपाल लेखामान अनुसार वित्तीय विवरणमा निम्नानुसारको पाँचबटा विवरणहरु पर्दछन् ।[]

  1. बासलातः यस विवरणले संस्थाको वित्तीय अवस्थाको बारेमा चित्रण गर्दछ । यसमा संस्थाको सम्पत्ति, दायित्व तथा शेयरधनीहरुको पूँजीको विवरण उल्लेख हुन्छ ।
  2. नाफा नोक्सान हिसावः यस विवरणले संस्थाले वर्ष भरीको वित्तीय कार्य प्रर्दशनको वारेमा चित्रण गरिएको हुन्छ । यसमा संस्थाले वर्ष भरीमा आर्जन गरेको आम्दानी तथा खर्चको विवरण उल्लेख हुन्छ ।
  3. नगद प्रवाह विवरणः यस विवरणले संस्थाको वर्ष भरीमा विभिन्न श्रोतबाट भएको नगद प्राप्त तथा भुक्तानीको जानकारी चित्रण गरिएको हुन्छ ।
  4. इक्विटीमा भएको परिवर्तनको विवरणः यस विवरणले संस्थाको वर्ष भरीमा शेयरधनीहरुको संस्थामा रहेको वित्तीय स्वार्थमा भएको परीवर्तनको जानकारी चित्रण गरिएको हुन्छ ।
  5. महत्वपूर्ण लेखा नीतिहरु तथा प्रमुख लेखा सम्बन्धी टिप्पणीहरुः यस विवरणमा संस्थाले वित्तीय विवरण तयार गर्दा अपनाएको लेखा नीतिहरु तथा लेखा सम्बन्धी टिप्पणीहरु उल्लेख गरिएको हुन्छ ।

सन्दर्भ लेख तथा रचनाहरु

  1. [http://ican.org.np/_downloads/accstd/NAS1.pdf Nepal Accounting Standards 01 -Presentation of Financial Statements