वित्तीय विवरणहरू
स्वरूप
लेखा |
---|
वित्तीय विवरण (वित्तीय प्रतिवेदन) भन्नाले संस्थाको वित्तीय अवस्था तथा कार्य सम्पादनको चित्रण गर्ने आधिकारिव विवरणहरुलाई जनाउँदछ । नेपालको सन्दर्भमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले लागु गरेको नेपाल लेखामान अनुसार वित्तीय विवरणमा निम्नानुसारको पाँचबटा विवरणहरु पर्दछन् ।[१]
- बासलात: यस विवरणले संस्थाको वित्तीय अवस्थाको बारेमा चित्रण गर्दछ । यसमा संस्थाको सम्पत्ति, दायित्व तथा शेयरधनीहरुको पूँजीको विवरण उल्लेख हुन्छ ।
- नाफा नोक्सान हिसाब: यस विवरणले संस्थाले वर्ष भरीको वित्तीय कार्य प्रर्दशनको वारेमा चित्रण गरिएको हुन्छ । यसमा संस्थाले वर्ष भरीमा आर्जन गरेको आम्दानी तथा खर्चको विवरण उल्लेख हुन्छ । नाफा नोक्सान हिसाबलाई सामान्यतया आय विवरण पनि भन्ने गरिन्छ ।
- नगद प्रवाह विवरणः यस विवरणले संस्थाको वर्ष भरीमा विभिन्न श्रोतबाट भएको नगद प्राप्त तथा भुक्तानीको जानकारी चित्रण गरिएको हुन्छ ।
- इक्विटीमा भएको परिवर्तनको विवरणः यस विवरणले संस्थाको वर्ष भरीमा शेयरधनीहरुको संस्थामा रहेको वित्तीय स्वार्थमा भएको परीवर्तनको जानकारी चित्रण गरिएको हुन्छ ।
- महत्वपूर्ण लेखा नीतिहरु तथा प्रमुख लेखा सम्बन्धी टिप्पणीहरुः यस विवरणमा संस्थाले वित्तीय विवरण तयार गर्दा अपनाएको लेखा नीतिहरु तथा लेखा सम्बन्धी टिप्पणीहरु उल्लेख गरिएको हुन्छ ।
वित्तीय विवरणको उद्देश्यहरु
वित्तीय विवरणको उद्देश्य भनेको प्रयोगकर्तालाई आर्थिक निर्णय गर्नको लागी संस्थाको वित्तीय अवस्था, वित्तीय कार्य दक्षता तथा वित्तीय अवस्थामा भएको परिवर्तन जस्ता आवश्यक जानकारी उपलब्ध गराउनु हो । [२]
सन्दर्भ लेख तथा रचनाहरु
- ↑ [http://ican.org.np/_downloads/accstd/NAS1.pdf Nepal Accounting Standards 01 -Presentation of Financial Statements
- ↑ Framework for the Preparation and Presentation of Financial Statements