अप्राकृतिक मैथुन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यौन तथा कानुन |
---|
सामाजिक समस्याहरू |
विशेष अपराधहरू (क्षेत्राधिकार अनुसार फरक हुनसक्ने) |
यौन अपराध पन्जिकरण |
पोर्टलहरू |
युरोपेली औपनिवेशिक शासन कालमा युरोपेली धार्मिक मान्यताद्वारा बन्देज लगाइएका यौन कृयाकलापहरूलाई अपधारिकरण गर्न अप्राकृतिक मैथुनको परिभाषा निर्माण गरिएको हो । विश्वबाट उपनिवेश काल समाप्त भइसक्दा पनि कतिपय देशहरूको कानुनमा अप्राकृतिक मैथुनको कसुर उल्लेख भएको पाइन्छ । [१][२]
समयौनिकताको अपधारिकरण
[सम्पादन गर्नुहोस्]बेलायती उपनिवेश कालमा समयौनिकतालाई अपधारिकरण गरिएको थियो । [३] बेलायती उपनिवेश हटिसकेपछि समयौनिकताको अपधारिकरण क्रमशः बदर गरिँदै गएको छ भने कतिपय देशहरूले यो उपनिवेशकालीन कानुनलाई कायम राखेका छन् । [४] [५]
प्रजनन केन्द्रित यौन
[सम्पादन गर्नुहोस्]यौन सम्पर्कको एक मात्र उद्देश्य प्रजनन हो भन्ने मान्यता राख्ने व्यक्तिहरूले प्रजनन उद्देश्य नरहेको मैथुनहरूलाई पनि अप्राकृतिक मैथुन ठहर गरेको पाइन्छ । प्रजननको उद्देश्य राखेर योनीमा शिश्नको प्रवेश हुने यौन सम्पर्क बाहेक गुदद्वार मैथुन, मुख मैथुन, हस्तमैथुन लगायतका मैथुन अप्राकृतिक भन्ने मान्यता रहेको पाइन्छ । [६]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ Robert A. J. Gagnon, The Bible and Homosexual Practice, pp. 73–74
- ↑ Gagnon, Why the Disagreement over the Biblical Witness on Homosexual Practice, pp. 46–50 वेब्याक मेसिन अभिलेखिकरण २००८-०५-१२ मिति
- ↑ "British colonialism and the criminalization of homosexuality", Cambridge Review of International Affairs।
- ↑ Weeks, Jeff (जनवरी १९८१), Sex, Politics and Society: The Regulation of Sexuality Since 1800, London: Longman Publishing Group, आइएसबिएन 0-582-48334-4।
- ↑ "State-Sponsored Homophobia: A World Survey of Laws: criminalisation, protection and recognition of same-sex love", ILGA। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-२३ मिति
- ↑ myetymology.com वेब्याक मेसिन अभिलेखिकरण २०१२-०९-१६ मिति, Sodomy