सामग्रीमा जानुहोस्

आनन्द जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आनन्द जिल्ला
माथि-बायाँबाट घडीको दिशामा: बोरसद स्टेपवेल, जामिया मस्जिद खम्भात, क्षेमकल्याणी माता मन्दिर सोजित्रा, गुजरात साझा प्रवेश परीक्षा कलेज, अमूल कारखाना आनन्द
नक्सा
आनन्द जिल्ला
गुजरातमा जिल्लाको स्थानको अवस्थिति
गुजरातमा जिल्लाको स्थान
निर्देशाङ्क: २२°३४′उ॰ ७२°५८′पू॰ / २२.५६७°N ७२.९६७°E / 22.567; 72.967निर्देशाङ्कहरू: २२°३४′उ॰ ७२°५८′पू॰ / २२.५६७°N ७२.९६७°E / 22.567; 72.967
देश भारत
राज्यगुजरात
मुख्यालयआनन्द
क्षेत्रफल
 • जम्मा३२०४ किमी (१२३७ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा२०९२७४५
 • क्रमराज्यमा १४औँ
 • घनत्व६५०/किमी (१७००/वर्ग माइल)
भाषाहरू
 • आधिकारिकगुजराती, हिन्दी
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
वेबसाइटhttps://ananddp.gujarat.gov.in/Anand

आनन्द जिल्ला पश्चिमी भारतको गुजरात राज्यको एक प्रशासनिक जिल्ला हो र जसको लोकप्रिय उपनाम चारोटार हो।  यसलाई सन् १९९७ मा खेडा जिल्लाबाट अलग गरिएको थियो। आनन्द जिल्लाको प्रशासनिक मुख्यालय हो। यस जिल्लालाई उत्तरमा खेडा जिल्ला, पूर्वमा वडोदरा जिल्ला, पश्चिममा अहमदाबाद जिल्ला र दक्षिणमा खम्भातको खाडीले घेरेको छ। प्रमुख सहरहरू उमरेथ, खम्भात, करमसाद, तारापुर, पेटलाड, बोरसाड र सोजित्रा हुन्।[]

सन् २०११ को जनगणना अनुसार, आनन्द जिल्लाको जनसङ्ख्या २०,९२,७४५ (कुल पुरुष १,०८८,२५३ र कुल महिला १,००२,०२३) रहेको छ, जुन लगभग उत्तरी म्यासेडोनिया राष्ट्र वा अमेरिकी राज्य नयाँ मेक्सिकोको बराबर छ। यसले यसलाई भारतमा २१९औँ स्थान (कुल ६४० मध्ये) प्रदान गर्दछ। यस जिल्लाको जनसङ्ख्या घनत्व ७११ प्रति वर्ग किलोमिटर (१,८४०/वर्ग माइल) रहेको छ। सन् २००१-२०११ को दशकमा यसको जनसङ्ख्या वृद्धिदर १२.५७ प्रतिशत थियो। भारतको सन् २०११ को जनगणना अनुसार यस जिल्लाको ९६.६६% जनसङ्ख्याले गुजराती, २.१०% हिन्दी र ०.५८% उर्दु लाई आफ्नो पहिलो भाषाको रूपमा बोल्दछन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "History of Anand District", Gujarat Government, मूलबाट १० फेब्रुअरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ अक्टोबर २०१२ 
  2. US Directorate of Intelligence, "Country Comparison:Population", मूलबाट जुन १३, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-१०-०१, "Macedonia 2,077,328 July 2011 est."  वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२७ मिति