जस्टिन बीबर
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
जस्टिन बीबर | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | जस्टिन ड्रिउ बीबर |
जन्म | स.न् १९९४ मार्च १[१] लन्डन, ओन्टारियो, क्यानडा |
उत्पत्ति | स्ट्र्याट्फर्ड, ओन्टारियो, क्यानडा |
विधा | पप, आर एण्ड बि, टिन पप[२][३][४] |
पेशा | गायक, संगीतकार, अभिनेता |
वाद्ययन्त्र | आवाज, गिटार, पियानो, प्रिकस्सन,[५] ट्रम्पेट[६] |
सक्रिय वर्ष | २००८–हाल |
लेबल | आइल्यान्ड, आर बि एम जि |
सहयोगी | अस्सर |
वेबसाइट | justinbiebermusic.com |
जस्टिन द्रू बीबर[७] (जन्म मार्च १, १९९४), एक क्यानेडाली गायक, गीतकार र अभिनेता हुन।[२][४] बीबर २००८ मा स्कुटर ब्रन द्वारा पत्ता लगाईएका हुन,[८] जसले युट्युबमा बीबरको भिडियो हेरेका थिए र पछि उनैको प्रबंधक बने। ब्रनले उनलाई अटलांटा, जर्जियामा अस्सर सँग भेट्ने व्यवस्था मिलाईदिए र बीबर रेमंड ब्रन मिडिया ग्रूप (आर बि एम जि), ब्रन र अस्सर को संयुक्त कम्पनि, सँग अनुबन्धित भए,[९] र त्यस पछि एल. ए. रीड को प्रस्तावमा आइल्यान्ड रेकर्ड्स सँग रेकर्डिंग गर्ने मौका पनि पाए।[५][१०] बीबरको पहिलो एकल गीत, "वान टाईम (गीत)|वान टाईम", २००९मा निस्केको थियो र क्यानाडामा शीर्ष दसमा र धेरै अन्तर्राष्ट्रिय बजारमा शीर्ष तीसमा उक्लिन सफल भएको थियो। उनको पहिलो एल्बम, सात ट्र्याक भएको - "माई वर्ल्ड", नोभेम्बर २००९मा जारी गरियो, जुन संयुक्त राज्य अमेरिकामा प्ल्याटिनम प्रमाणित भयो। उनी आफ्नो पहिलो एल्बमबाट सातवटा गीत बिलबोर्ड हट १००मा हुने पहिलो कलाकार बन्न पुगे।[११]
बीबरको पहिलो पुर्ण स्टुडियो एल्बम, "माई वर्ल्ड २.०", मार्च २०१०मा जारी भएको थियो। यो धेरै देशहरूमा नं. एक या शीर्ष दस भित्र पर्न सफल भएको थियो र संयुक्त राज्य अमेरिकामा प्ल्याटिनम प्रमाणित भएको थियो। यो एल्बमभन्दा पहिले बीबरको निक्कै चर्चित र संसारभरको शीर्ष दसमा पर्ने गीत, "बेबी" निस्किएको थियो। "बेबी"को भिडियो युट्युबमा हालसम्मकै सबैभन्दा धेरै पटक हेरिएको र सबैभन्दा बढि चर्चा भएको भिडियोको रूपमा क्रमित छ।[१२] आफ्नो पहिलो एल्बम निकाले पछि बीबरले आफ्नो पहिलो टुर - "माई वर्ल्ड टुर" गरे, रिमिक्स एल्बमहरू "माई वर्ल्डस अकस्टिक" र "नेभर से नेभर - द रिमिक्सेस" निकाले, र ३ डी कन्सर्ट फिल्म पनि जारी गरे। बीबरले आफ्नो दोस्रो स्टुडियो एल्बम, "अन्डर द मिसलटो" नोभेम्बर २०११मा निकाले, जुनले "बिलबोर्ड २००"मा नम्बर एकमा डेब्यु गर्यो। बीबरले थुप्रै पुरस्कारहरू पनि पाएका छन जस्तै २०१०को "अमेरिकी संगीत पुरस्कार"मा वर्षको कलाकार र धेरै पुरस्कारको लागि नामांकित भएका छन। ५३औँ ग्र्यामी पुरस्कार मा सर्वश्रेष्ठ पप गायन एल्बम र सर्वश्रेष्ठ नयाँ कलाकार।
एल्बम
[सम्पादन गर्नुहोस्]▪ माई वर्ल्ड 2.0
▪ अन्डर द मिसलटो
▪ विलिभ
▪ पर्पस
जीवन र करियर
[सम्पादन गर्नुहोस्]१९९४-२००७: बाल्यकाल र युवा अवस्था
[सम्पादन गर्नुहोस्]सन्दर्भ सूचि
[सम्पादन गर्नुहोस्]- ↑ लन्डन, ओन्टारियो, क्यानडाAnderson, Kyle (फेब्रुअरी २२, २०१०), "Justin Bieber Joins The Ranks Of Youngest 'SNL' Performers", MTV Newsroom, अन्तिम पहुँच २०१०-०२-२४। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२१ मिति
- ↑ २.० २.१ "Justin Bieber Biography & Awards", Billboard, अन्तिम पहुँच २०१०-०६-१५।
- ↑ Farber, Jim (मार्च २३, २०१०), "Justin Bieber, 'My World 2.0'", New York Daily News, अन्तिम पहुँच २०१०-०६-१४।
- ↑ ४.० ४.१ Collar, Matt; Leahey, Andrew, "allmusic ((( Justin Bieber > Overview )))", Macrovision Corporation, अन्तिम पहुँच २००९-१०-२१।
- ↑ ५.० ५.१ Mitchell, Gail (अप्रिल २८, २००९), "Usher Introduces Teen Singer Justin Bieber", Billboard, e5 Global Media, अन्तिम पहुँच २००९-०७-२३।
- ↑ "MTV- Justin Bieber artist profile", MTV, अन्तिम पहुँच २००९-१२-२२। वेब्याक मेसिन अभिलेखिकरण २०१२-०८-०६ मिति
- ↑ Greenblatt, Leah (मार्च १०, २०१०), "My World 2.0 (2010)", Time, अन्तिम पहुँच २०१०-०६-११। = Archive.today अभिलेखिकरण २०१२-०९-२०[समयचिह्न लम्बाइ] मिति
- ↑ Konjicanin, Anja (डिसेम्बर २४, २०१०), "Justin Bieber makes them proud. But why?", Vancouver Observer, अन्तिम पहुँच २०११-०१-११। वेब्याक मेसिन अभिलेखिकरण २०११-०१-०७ मिति
- ↑ Herrera, Monica (मार्च १९, २०१०), "Justin Bieber – The Billboard Cover Story", Billboard, e5 Global Media, अन्तिम पहुँच २०१०-०५-०७।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;herrera
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "Justin Bieber Fever Hits Miami", CBS News (CBS Interactive), फेब्रुअरी ५, २०१०, अन्तिम पहुँच २०१०-०३-२७।
- ↑ "Top 10 YouTube Videos of All Time", Readwriteweb.com, फेब्रुअरी ९, २०११, अन्तिम पहुँच २०११-०२-२४।