न्युट्रन तारा
न्युट्रोन तारा विशाल सुपरजायन्ट ताराको पतन भएको केन्द्र बाट सिर्जित पिण्ड हो । न्युट्रोन तारा बन्ने ताराहरूको कुल द्रव्यमान १० देखि २५ सौर्य द्रव्यमान (M☉)को बीचमा हुन्छ। हाइड्रोजन र हिलियमभन्दा गह्रौँ तत्वहरूले भरिएको भए तिनको द्रव्यमान सम्भवतः अझ बढी हुन सक्छ। कृष्ण क्षिद्र बाहेक, न्युट्रोन तारा सबैभन्दा साना र घना तारा वस्तुहरूको वर्गमा पर्दछन। न्युट्रोन ताराहरूको त्रिज्या लगभग १० किलोमिटर (६ माइल) र द्रव्यमान लगभग १.४ M☉ हुन्छ। यसको जन्म विशाल ताराको सुपरनोवा विस्फोट तथा गुरुत्वीय पतनको परिणामपश्चात आफ्नो घनत्व परमाणुभन्दा बढी घनत्वमा संकुचित भएपछि हुन्छ।
एक पटक बनेपछि, न्युट्रोन ताराहरूले अब सक्रिय रूपमा ताप उत्पन्न गर्दैनन् र समयसँगै चिसिन्छन्, तर तिनीहरू अझै पनि टकराव वा एक्रेशनको माध्यमबाट थप विकसित हुन सक्छन्। यी ताराहरूलाई आंशिक रूपमा न्युट्रोन डेजेनेरेसी दबाबले थप पतनबाट रोक्छ, जस्तै ह्वाइट ड्वार्फलाई इलेक्ट्रोन डेजेनेरेसी दबाबले पतनबाट रोक्छ। तथापि, यो एक्लै ०.७ M☉ भन्दा बढी वस्तुलाई रोक्न पर्याप्त हुँदैन र ठूलो द्रव्यमान भएका न्युट्रोन ताराहरूलाई समर्थन गर्न प्रत्यास्थ आणविक बलहरूको ठूलो भूमिका हुन्छ। यदि अवशेष ताराको द्रव्यमान टोल्मान–ओपेन्हाइमर–भोल्कोफ सीमाबाट बढी छ, जुन २.२–२.९ M☉को बीचमा छ, डेजेनेरेसी दबाब र आणविक बलहरूको संयोजन न्युट्रोन तारालाई समर्थन गर्न असमर्थ हुन्छ, जसले गर्दा त्यो पतन भई कृष्ण क्षिद्र बन्छ। अहिलेसम्म पत्ता लागेको सबैभन्दा ठूलो न्युट्रोन तारा, PSR J0952–0607, २.३५±०.१७ M☉ अनुमान गरिएको छ।
नयाँ बनेका न्युट्रोन ताराहरूको सतहको तापक्रम दस लाख केल्विन वा बढी हुन सक्छ। तथापि, फ्युजनको माध्यमबाट नयाँ ताप उत्पन्न नगर्ने भएकोले, ती निर्माण भएपछि अपरिहार्य रूपमा चिसिन्छन्। फलस्वरूप, एक दिइएको न्युट्रोन तारा एक हजार देखि एक मिलियन वर्ष पुरानो हुँदा सतहको तापक्रम एक मिलियन डिग्री केल्विन पुग्छ। पुराना र अझै चिसिएका न्युट्रोन ताराहरू पत्ता लगाउन सजिलो हुन्छ। उदाहरणको लागि, राम्रोसँग अध्ययन गरिएको न्युट्रोन तारा, RX J1856.5−3754, को औसत सतहको तापक्रम लगभग ४३४,००० केल्विन छ। तुलनाको लागि, सूर्यको प्रभावकारी सतह तापक्रम ५,७८० केल्विन छ।