पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड
व्यवसाय प्रकार | सार्बजनिक |
---|---|
व्यावसायिक रूप | पिएसएक्स: PTC |
उद्योग | दूरसञ्चार |
विधा | दूरसञ्चार |
स्थापित | १९९५ |
केन्द्रीय कार्यालय | , |
मुख्य व्यक्ति | डा. ड्यानियल डिज (अध्यक्ष, सिइओ) अमीर अश्राफ खावाजा (अध्यक्ष) ताइमर कदार खत्तक (उपाध्यक्ष, प्रमुख बित्तीय अधिकृत) तरिक सलमान (प्रमुख प्रविधि अधिकृत)[स्रोत नखुलेको] |
उत्पादनहरू | वायरलेस वा तार बिहिन टेलीफोन इन्टरनेट आइपीटिभि |
आम्दानी | (US$१.१ बिलियन) - २०१७[१] |
(US$८० मिलियन)- २०१७ | |
मालिक | पाकिस्तान सरकार (६२%) इतिसलात (२६%) |
कर्मचारी सङ्ख्या | १८००० भन्दा बढि |
सहायक कम्पनीहरू | यूफोन |
वेबसाइट | www |
पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड वा सामान्य तया पीटीसीएल (उर्दु: پاکستان مخابرات) पाकिस्तानको राष्ट्रिय दूरसञ्चार कम्पनी हो ।[२][३] पीटीसीएलले राष्ट्रव्यापी रूपमा टेलिफोन र इन्टरनेट सेवा प्रदान गर्दछ र तेलेनर र चीन मोबाइल सहित दर्जनौ दूरसञ्चार देशमा भित्रिए पनि देशको दूरसञ्चार पूर्वाधारको लागि यो मेरुदण्ड मानिएको छ । निगमले देशभरको लगभग २००० टेलिफोन बिनिमय प्रबन्ध गर्दछ र सञ्चालन गर्दछ जसले सबैभन्दा ठूलो निश्चिति-लाइन नेटवर्क प्रदान गरेको छ । डाटा र अरू सेवाहरू जस्तै जीएसएम, एचएसपीए, सीडीएमए, एलटीई, ब्रोडब्यान्ड इन्टरनेट, आईपीटीभि, र थोकहरू यसको व्यापारको एक प्रमुख भाग हो । यो एक राज्यको पुर्ण स्वामित्वमा रहेको निगम थियोे तर पीटीएलको शेयर ६२% मा घटेको थियो, जब २६% शेयर इतिसलात दूरसञ्चारलाई बिक्री गरेको थियो र बाँकी १२% सामान्री जनताहरूको नियन्त्रणमा रहेकोे छ । ६२% शेयरहरू अझै पनि पाकिस्तान सरकारको स्वामित्वमा रहेको छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]१९४९ मा पोष्ट र टेलिग्राफ विभागको सुरुवात र १९६२ मा पाकिस्तान टेलिफोन र टेलीग्राफ विभागको स्थापनाबाट पीटीसीएल पाकिस्तानमा दूरसञ्चारको प्रमुख प्रदायक बनेको छ ।
पाकिस्तान दूरसञ्चार निगम (पीटीसी) ले पाकिस्तान दूरसञ्चार निगम ऐन १९८० को अनुसार पाकिस्तान टेलीफोन र टेलीग्राफ विभागले सञ्चालन र कार्यभार लिने गरेको छ ।
पीटीसीएलले क्रमश २००१ मा यूफोन र पाकनेटको नाममा यसको मोबाइल र डेटा सहायक कम्पनीका सेवाहरूको रूपमा सञ्चालन गरेको थियो । कुनैपनि ब्रान्डहरूले यसको प्रतियोगितामा शीर्ष स्थान हासिल गर्न सकेको थिएन । हालै, तथापि, यूयनले सेलुलर क्षेत्रमा आफ्नो शेयर बजार बढाएको थियो । पीटीसीएलद्वारा शुरू भएको हालैका डीएसएल सेवाहरूले नयाँ ब्रान्डको नाममा परिचय पाएको छ र सेवाको संचालनलाई प्रत्यक्ष रूपमा पीटीसीएलले पर्यवेक्षण गरेको छ ।
२००५ मा, पाकिस्तान सरकारले यस कम्पनीको २६ प्रतिशत केहि निजी निगममा बेच्ने निर्णय गरेको थियो । पीटीसीएलको निजीकरणको लागि बोलपत्र प्रक्रियामा तीन सहभागी थिए । इतिसलात, एक अबू धबी कम्पनी बोलीमा ठूलो भागमा शेयर प्राप्त गर्न सक्षम थियो ।[४] निगमलाई निजीकरण गर्ने योजनाको सबैतिर स्वागत गरिएको थिएन देशभरका विरोधाभासहरू र पीटीसीएलका कार्यकर्ताहरूले आक्रमण गरेका थिए । तिनीहरूले संस्थाका फोन लाइनहरू जस्तै लाहोरमा अवस्थित पञ्जाब विश्वविद्यालयको साथ सार्वजनिक क्षेत्रका संस्थाहरू समेत अवरोध गरेका थिए । कार्यकर्ताहरूको तलबमा ३०% ले वृद्धि भएपछि सरकार र कर्मचारीहरू बीचको विवाद समाप्त भएको थियो ।
कम्पनी प्रोफाइल
[सम्पादन गर्नुहोस्]पीटीसीएल पाकिस्तानमा सबैभन्दा ठूलो दूरसञ्चार प्रदायक हो । पीटीसीएल देशमा सबैभन्दा ठूलो सीडीएमए अपरेटरको रूपमा पनि रहेको छ जुन ०.८ मिलियन भि-फोनका ग्राहकहरू रहेका छन् ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "वार्षिक प्रतिवेदन २०१७", https://www.ptcl.com.pk/images/financials_files/financialresultsfortheyearended31stdecember2017.pdf।[स्थायी मृत कडी]
- ↑ [१] पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेडको प्रोफाइल फाइनासियल टाइम्स (संयुक्त अधिराज्यको पत्रिका), अभिगमन मिति ९ डिसेम्बर २०१७
- ↑ पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड र नेटफ्लिक्सले बिशेश सम्झौतामा हस्ताक्षर गरेका छन् डाउन (पत्रिका), अभिगमन मिति ९ डिसेम्बर २०१७
- ↑ " पाकिस्तानले बोली प्रक्रियामा $२.५९ बिलियन एटिसलातबाट लिएको छ" द इण्डियन एक्सप्रेस (पत्रिका), अभिगमन मिति ९ डिसेम्बर २०१७