सामग्रीमा जानुहोस्

राजपङ्खी लोखर्के

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राजपङ्खी लोखर्के
सामयिक शृङ्खला: Early Oligocene – Recent
Northern flying squirrel (Glaucomys sabrinus)
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
उपकुल:
वंश:
Pteromyini

Brandt, 1855
Genera

Aeretes
Aeromys
Belomys
Biswamoyopterus
Eoglaucomys
Eupetaurus
Glaucomys
Hylopetes
Neopetes[]
Iomys
Petaurillus
Petaurista
Petinomys
Pteromys
Pteromyscus
Trogopterus

राजपंखी लोखर्के नेपालमा पाइने एक प्रकारको जनावर हो । यस जनावरलाई नेपालको विभिन्न ठाउँमा छुट्टा छुट्टै नामले चिनिन्छ । कुनै ठाउँमा यसलाई कोइरालो भनिन्छ । खाम भाषामा यसलाई ह्याप भनिन्छ । त्यस्तै कुनै ठाउँमा यसलाई चरिबाघ भनेको पनि सुनिन्छ । कुनै ठाउँमा यसलाई राजपंखी भनिन्छ । कुनै ठाउँमा यसलाई ठुलो चमेरो पनि भनिन्छ । अलग अलग नामले चिनिने यो जनावर अब लोप हुने परिस्थितीमा छ । दिउँसु अँधेरो अथवा झ्याम्म परेको झाडीमा अथवा रुखको टोड्कामा गुँड लगाएर बस्ने यो जनावर राती आफ्नो खाना खोज्न निस्किन्छ । यो एक मांशहारी जनावर भएकोले मुसा तथा साना साना चराहरूको सिकार गर्छ । रातमा बिरालोको जस्तै तर बिरालोको भन्दा लामो (म्याउँ) को आवाज निकाल्छ ।

यसको चारवटा खुट्टा र पुछर हुन्छ । नाख मुख बिरालो जस्तै हुन्छ । यसको पुरा शरिर चमेरोको शरिर जस्तै छालाको पखेटाले ढाकिएको हुन्छ । चमेरोको शरिर पातलो झिल्लिले ढाकिएको हुन्छ भने यसको शरिर मोटो छालाले ढाकिएको हुन्छ । छालाको पखेटा फैलाएर यो चमेराले झैं एक ठाउँबाट अर्को ठाउँमा उडेर जान सक्छ । त्यसैले यसलाई कतै कतै ठुलो चमेरो पनि भनिन्छ । छालाको पखेटा भएकाले यसलाई छाला पखेटे पनि भनिएको सुनिन्छ । यसको पेट भित्र पसेको हुन्छ । यसो हेर्दा यसको शरिरमा छाला बाहेक अरु केही पनि देखिन्न । त्यसैले नेपालको पश्चिम तिर पेट भित्र पसेको मान्छे अथवा पशुलाई "कोइरालो को जस्तै भुँडी छ" भन्ने गरिन्छ ।

रातीमा कोइरालोले आवाज निकाल्यो भने नजिकै गाउँमा कसैको मृत्यु हुन्छ भन्ने विश्वास गरिन्छ । पश्चिम नेपालमा यस सम्बन्धमा एक देउडा गित पनि बनाइएको छ जुन यस प्रकार छ :- काला गाउँ कोइरालो बास्यो रोल मर्यो गिरी। यस गितले अछाम जिल्लाको कालागाउँ भन्ने गाउँमा कोइरालो बासेकोले रोल भन्ने गाउँमा गिरी मरेको भन्ने बोध गराउँछ । द्वापर युगमा भगवान श्रीकृष्ण बालक छँदा कंशले पुतना नामको राक्षसीलाई कृष्णलाई मार्ने जिम्मा लगाएको थियो । पुतनाले कृष्णलाई मार्न आफ्नो दूधमा विष लगाएर बालक कृष्णलाई दूध चुसाउन थाली । कृष्णले दूध चुस्ने क्रममा पुतनाको आन्द्रा, भुँडी सहित चुसेर मारेकाले त्यसै पुतनाको शरिरबाट कोइरालो बनेको भन्ने जनविश्वास रहेको छ ।[]

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. Daxner-Höck G. (2004). "Flying Squirrels (Pteromyinae, Mammalia) from the Upper Miocene of Austria". Annalen des Naturhistorischen Museums in Wien 106A: 387–423. PDF.
  2. पश्चिम नेपालमा प्रचलित किंवदन्ती

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]