कीर्तिपुर नगरपालिका
कीर्तिपुर | |
---|---|
निर्देशाङ्क: २७°४०′४१″उ॰ ८५°१६′३७″पू॰ / २७.६७८०६°N ८५.२७६९४°Eनिर्देशाङ्कहरू: २७°४०′४१″उ॰ ८५°१६′३७″पू॰ / २७.६७८०६°N ८५.२७६९४°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | काठमाडौँ जिल्ला |
नगरपालिका | वि.सं. २०५३ चैत्र १४[१] |
समावेश (गाविस) | लायकु, कीर्तिपुर चिठुविहार, पालिफल, चम्पादेवी, पाङ्गा विष्णुदेवी, पाङ्गा बालकुमारी, चोभार र बाहिरीगाउँ |
सम्मिलित (मिति) | वि.सं. २०५३ चैत्र १४ |
सरकार | |
• नगरप्रमुख | राजकुमार नकर्मी (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | शुभलक्ष्मी शाक्य (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १४.७६ किमी२ (५.७० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ८१,५७८ |
• घनत्व | ५५००/किमी२ (१४०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाक सङ्केत | ४४६१८ |
क्षेत्रीय सङ्केत | ०१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
कीर्तिपुर नेपालको बागमती प्रदेशमा पर्ने काठमाडौँ जिल्लाको एक नगरपालिका हो। काठमाडौँ उपत्यकाको काठमाडौँ जिल्लामा रहेका तत्कालिन मालायकु, कीर्तिपुर चिठुविहार, पालिफल, चम्पादेवी, पाङ्गा विष्णुदेवी, पाङ्गा बालकुमारी, चोभार र बाहिरीगाउँ गाउँ विकास समिति मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यो नगरपालिकाको गठन गरिएको थियो। यो काठमाडौँ उपत्यकाको एक ऐतिहासिक नगर हो। यस नगरपालिकाभित्र प्रसिद्ध बाघभैरव मन्दिर[४] तथा काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो ताल टौदह रहेको छ।[५][६] कुल १० वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ६५,६०२ रहेको छ।[७]सन् २००८ मा युनेस्कोले कीर्तिपुरको मध्यकालीन बस्तीलाई सम्भावित विश्व सम्पदा क्षेत्रको सूचीमा सूचिकृत गरेको छ।[८][९]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कीर्तिपुर नगरपालिकाको कुल जनसङ्ख्या ८१,५७८ रहेको छ भने यहाँ २४,१५० घरधुरी रहेका छन्।[३]
नामकरण
[सम्पादन गर्नुहोस्]कीर्तिपुर नाम संस्कृत शब्द 'कीर्ति' (महिमा) र 'पुर' (सहर) बाट बनेको हो। यसका साथै किराँत वंशको प्रथम राजा यलम्बरको राज्यबाट यसको नाम कीर्तिपुर भएको हो। उपत्यकाका मानिसहरू यो सहरलाई 'किपू' समेत भन्ने गर्छन्।[१०]
नगर निर्वाचन इतिहास
[सम्पादन गर्नुहोस्]वि.सं. २०५३ चैत्र ११ गते काठमाडौँ जिल्लाको तत्कालिन ८ वटा गाविस मिलाएर कीर्तिपुर नगरपालिका घोषणा भएको हो। वि.सं. २०५४ सालको पहिलो नगर निर्वाचनमा हिराकाजी महर्जन[११] नगर प्रमुख र नगर उपप्रमुखमा रमेशमान महर्जन निर्वाचित भएका थिए। वि.सं. २०६० असोज २२ गते तत्कालिन सरकारले शिविरप्रसाद धिताललाई प्रमुख र पन्नारत्न वज्राचार्यलाई उपप्रमुखमा मनोनयन गरेको थियो।
वि.सं. २०७४मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका रमेश महर्जन नगर प्रमुख पदमा र सोही दलकी सरस्वती खड्का नगर उप-प्रमुख पदमा निर्वाचित भएकी छिन्।[१२]
इतिहास
[सम्पादन गर्नुहोस्]कीर्तिपुरमा गोपाल वंशकालदेखि नै मानव बस्ती विकास भइसकेको थियो।[१३] पशुपतिनाथको उत्पत्तिका बारेमा लेख्दा कीर्तिपुरमा रहेका ग्वालाहरूको 'बहुर्ही' नामको गाईले दिनदिनै दूध चढाउन जाने गरेको उल्लेख गरिन्छ।[१४] काठमाडौँ उपत्यकाभित्र रहेका कान्तिपुर, ललितपुर र भक्तपुरपछिको ठूलो प्राचीन सहर कीर्तिपुर थियो। भौगोलिक अवस्थितिका कारण यो सहरमाथि विजय प्राप्त गर्न पृथ्वीनारायण शाहलाई समेत धेरै धन, जन र समय खर्चिनुपरेको थियो।[१५]
संस्कृति र स्थल
[सम्पादन गर्नुहोस्]कीर्तिपुरमा परम्परादेखि चल्दै आएको मुख्य चाडमा गथांमुगः, गथुप्याखः, इन्द्रायणीजात्रा, गाइजात्रा र दशैं र तिहार निकै रमझमका साथ मनाइन्छ। यस नगरका बाघभैरव, उमा महेश्वर, नारायण सरस्वती र इन्द्रायणी मन्दिर उल्लेख्य वास्तुकलाका नमुना हुन् भने लोदेंगः, शाक्यमुनि बुद्ध मन्दिर, लोकेश्वर मन्दिर शिखरशैलीका उत्कृष्ट नमुना हुन्। यसैगरी चैत्यहरूमा चीलंचो प्रख्यात छ। नेपालको पहिलो र सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय पनि यसै नगरमा छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२।
- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ ३.० ३.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "कीर्तिपुरमा बाघभैरव जात्रा मनाइँदै", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०३।
- ↑ श्रेष्ठ, सबिना, "टौदहमा साइबेरियादेखि आउँछन् चराहरू, विकासका नाममा मासिने खतरा", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०३।
- ↑ "टौदह; ऐतिहासिक र उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल [फोटो फिचर]", सञ्चारकर्मी (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०३।
- ↑ "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
- ↑ "सम्भावित विश्व सम्पदा स्थलको अध्ययन सुस्त", गोरखापत्र अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०३।
- ↑ "Medieval Settlement of Kirtipur" [कीर्तिपुरको मध्यकालीन बस्ती], युनेस्को विश्व सम्पदा केन्द्र (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०२-०२।
- ↑ "किपू व ह्वाङकाङ दथुइ भगिनी सम्बन्ध" [किपू र हङकङबिच भगिनी सम्बन्ध], नेपालभाषा टाइम्स (नेपाल भाषामा), २०२०-०९-३०, अन्तिम पहुँच २०२२-०२-०३।
- ↑ "कीर्तिपुर सार्वजनिक पुस्तकालयको अध्यक्षमा भुसाल", ज्योति न्युज (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०३। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०२-०३ मिति
- ↑ नागरिक, "कीर्तिपुरमा एमाले विजयी, रमेश महर्जन बने मेयर", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०३।
- ↑ "Kantipur-बन्दीपुरबाट कीर्तिपुर हेर्दा...", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०३।
- ↑ "कीर्तिपुरको इतिहास जोगाऔं", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०३।
- ↑ "पृथ्वीनारायणदेखि प्रचण्डसम्मः कीर्तिपुरले किन गर्छ पटक-पटक चमत्कार ?", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०३।