सामग्रीमा जानुहोस्

बङ्गाली साहित्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बङ्गाली साहित्य

बङ्गाली साहित्य

बङ्गाली भाषा
साहित्यको इतिहास
बङ्गाली साहित्यको इतिहास
बङ्गाली साहित्यकारहरूको सूची
कालानुक्रम सूची - वर्णानुक्रम सूची
बङ्गाली साहित्य
लेखक - उपन्यासकार - कवि
साहित्यधारा
प्राचीन र मध्ययुगीन
चार्यपद - मङ्गलकाव्य - वैष्णव पदावलीसाहित्य - नाथसाहित्य - अनुवादिक साहित्य -इस्लामी साहित्य - शाक्तपदावली - बाउल गान
आधुनिक साहित्य
उपन्यास - कविता - नाटक - छोटो कथा - प्रबन्ध - बालसाहित्य - कथा विज्ञान
प्रतिष्ठान तथा पुरस्कार
भाषाको शिक्षायन
साहित्य पुरस्कार
सम्बन्धित प्रवेशद्वार
साहित्य प्रवेशद्वार

बङ्गाली भाषामा लेखिएका साहित्यिक कृतिहरूलाई बङ्गाली साहित्य भनिन्छ। ७औँ शताब्दीको बीचतिर बङ्गाली भाषामा साहित्य लेखन सुरु भएको अनुमान गरिएको छ। १० र १२औँ शताब्दीको बीचमा लेखिएको बौद्ध दोहा-सङ्कलन चार्यपद बङ्गाली साहित्यको सबैभन्दा पुरानो नमुनाहरूमध्ये एक हो। मध्यकालीन बङ्गाली साहित्य कविताप्रमुख थिए। यस अवधिका बङ्गाली साहित्य हिन्दू धर्म, इस्लाम र बङ्गालको धार्मिक विश्वासमा आधारित थियो। मङ्गलकाव्य, वैष्णव पदावली, शक्तिपदावली, वैष्णव सन्तजीबी, रामायण, महाभारत र भागवतको बङ्गाली अनुवाद, पिर साहित्य, नाथा साहित्य, बाल पदावली र इस्लामी धार्मिक साहित्य यस साहित्यका मुख्य विषयहरू हुन्। १८औँ शताब्दीमा बङ्गाली साहित्यमा आधुनिकता सुरु भएको थियो। १९औँ शताब्दीमा बङ्गली साहित्यमा नयाँ युगको सुरुवात बङ्गाल पुनर्जागरणको युगमा कलकत्ता सहरबाट भएको थियो। यतिबेलादेखि धार्मिक विषयवस्तुको सट्टा मानिस, मानवतावाद र मानव मनोविज्ञान बङ्गली साहित्यको मुख्य विषय बनेको थियो। सन् १९४७ मा भारतको विभाजनपछि बङ्गाली साहित्यलाई कलकत्ता-केन्द्रित पश्चिम बङ्गालको साहित्य र ढाका-केन्द्रित बङ्गलादेशको साहित्य गरि दुई भागमा विभाजन गरिएको थियो। आजको दिन बङ्गाली साहित्यलाई विश्वकै सबैभन्दा धनी साहित्यिक विधा मानिन्छ।

बङ्गाली साहित्यको हजार वर्षे इतिहास मुख्यतः तीन चरणमा विभाजित छ:[][]

  • आदियुग वा प्राचीन काल (लगभग ६५० देखि ९५० –१२०० इस्वी संवत्)
  • मध्ययुग (१२०१ –१८०० इस्वी संवत्)
  • आधुनिक युग (इस्वी संवत् १८०१ –हालसम्म)

राजनीतिक इतिहास जस्तो विशिष्ट मिति अनुसार साहित्यिक इतिहासको युगलाई विभाजन गर्न असम्भव जस्तै हुन्छ। तथापि, साहित्यको इतिहासले मितिको हिसाबलाई ध्यानमा राखेको हुन्छ। साहित्यिक कृतिहरूको विविधता र विशेषतामा साहित्यको इतिहासलाई कुनै खास कालखण्ड र साहित्यको विकासक्रमको सङ्केतको विश्लेषण गरी विभाजन गरिएको छ।

प्राचीन बङ्गाली साहित्य

[सम्पादन गर्नुहोस्]

बङ्गाली साहित्यको आगमन अघि संस्कृत, प्राकृत र अवहट्ठ भाषाहरूमा साहित्य लेख्ने परम्परा थियो। यही साहित्यको माध्यमबाट नै बङ्गाली साहित्यको मूल अध्यायको सुरुवात भएको हो। तेह्रौँ शताब्दीमा टर्कीको आक्रमण हुनुभन्दा धेरै अघि बङ्गालीहरू विशेष भाषीहरूका रूपमा देखा परेका थिए। सोही समयदेखिनै बङ्गाली भाषाको बोलीचालीमा आएको थियो।[] तर, सुरुमा भने बङ्गालीहरूमा आर्य ब्रम्हण संस्कृति र गैर आर्य संस्कृतिको मिश्रण थिएन। संस्कृत भाषामा लेखिएका अभिनन्द र सन्ध्याकर नन्दीर रामचरित, शरण, धोयी, गोवर्धन, उमापति धरका काव्यकविता, जयदेवको गीतगोविन्दम् कवीन्द्रबचनसमुच्चय र समुक्तिकर्णामृत नामक दुईवटा श्लोकसङ्ग्रम र अवहट्ठ भाषमा लेखिएका कविता सङ्कलन प्राकृति-पैङ्गल बङ्गाली भाषमा लेखिएका सबैभन्दा पुराना साहित्यिक लेखनका उदाहरणहरू हुन्। यी पुस्तकहरू बङ्गाली भाषामा नलेखिएको भए तापनि ती समकालीन बङ्गाली समाज र मनको महत्वपूर्ण दस्तावेज मानिन्छन्। पछिल्लो समय बङ्गाली वैष्णव साहित्यमा गीतगोविन्दम् काव्यको प्रभाव अकाट्य छ।[][]

सर्वप्रथम बङ्गाली भाषामा लेखिएको साहित्यको कृति चार्यापद हो। १० र १२औँ शताब्दीको बीच चार्यपदावली सहजिया बौद्ध सिद्धाचार्यहरूको साधना गीत थियो। आधुनिक भाषाविद्हरूले वैज्ञानिक प्रमाणको सहायताले हजारौँ वर्षअघिको लेखन बङ्गाली भाषा लेखिएको हो भनेर प्रमाणित गरेका छन्। समकालीन बङ्गालको सामाजिक र प्राकृतिक चित्र यी शब्दहरूमा झल्किन्छ। साहित्यिक मूल्यको सन्दर्भमा केही शब्दावलीहरू चिरस्थायी छन्।

मध्ययुगीन बङ्गाली साहित्य

[सम्पादन गर्नुहोस्]

बङ्गाली भाषाको मध्ययुगीन काल इस्वी संवत् १२०० देखि १८०० सम्म रहेको छ। मध्ययुगको पहिलो साहित्यिक कृति बडु चण्डीदासको 'श्रीकृष्णकिर्तन' हो। १४औँ शताब्दीको बीच र १५ औँ शताब्दीको पहिलो भागतिर बडु चण्डिदासले राधाकृष्णको प्रेम कथामा आधारित एक कविता रचना गरेका थिए। यतिबेला मैथिली कवि विद्यापतिले ब्रजबुली भाषामा राधाकृष्णको प्रेम सम्बन्ध लेखेका थिए। मध्ययुगका प्रथम मुसलमान कवि शाह मुहम्मद सगीरले १५औँ शताब्दीमा "युसुफ-जोलेखा" नामक एक प्रेम सम्बन्धित कृति लेखेका थिए। यसबाहेक, अनुवाद साहित्यहरूले मध्ययुगका प्रायजसो भागलाई ढाक्दछ। यो प्रवृत्ति कवि कृतीबासद्वारा रामायणको बङ्गाली संस्करणबाट सुरु भएको थियो। पछिल्लो समय थुप्रै पुस्तकहरू बङ्गाली भाषामा अनुवाद भएका छन्। मध्ययुगमा मङ्गलकाव्यले निकै ठूलो दायरालाई ढाकेको छ। देवीदेउताका महानतालाई झल्काउने खाले कविता लेखन १५औँ शताब्दीबाट सुरु भएको हो। तथापि, यसको सबैभन्दा ठूलो वृद्धि १६औँ शताब्दीमा भएको थियो। धर्ममङ्गल, मानसमङ्गल, शिवमङ्गल वा शिवयान, चण्डीमङ्गल आदि यस चरणका विभिन्न शाखाहरू हुन्। यस विधाका केही कविहरूमा माणिक दत्त, कनहरी दत्ता, विजयगुप्त, बिप्रदास पिपिलाई, कविकङ्कन मुकुन्दरम चक्रवर्ती, भरतचन्द्र रेगुनकार र अन्य रहेका छन्। श्री चैतन्यदेव (सन् १४८६-१५३३) को आगमनसँगै बङ्गाली साहित्यको मध्ययुगले समृद्धिको मार्गमा निकै लामो यात्रा गरेको थियो। मध्ययुगको समयमा नै अराकानको शाही दरबारबाट बङ्गाली साहित्यको प्रचलन सुरु भएको थियो। यसबाहेक शक्ति पदावली, नाथा साहित्य, बाउल र अन्य लोकगीतका अमूल्य साहित्य, मयमनसिङ्ह गीतिका, पूर्वबङ्गाल–गीताका आदिको रचना मध्ययुगीन बङ्गाली साहित्यका महत्त्वपूर्ण कृतिहरू हुन्।

१३औँ शताब्दी: बङ्गाली साहित्यको अन्धकारको युग

[सम्पादन गर्नुहोस्]

यस समयको साहित्यिक रचनाहरूको कुनै विशिष्ट प्रामाणिक ग्रन्थ पाउन सकिएको छैन। पुराना गायकहरू तथा लोकगीतकारहरूमा बिहुला कथा प्रचलित थियो भने सोही आधारमा केही अज्ञात कविहरूले रचनाको प्रस्तुत गरेका थिए जसलाई बङ्गाली प्रारम्भिक प्रबन्ध काव्यको संज्ञा दिन सकिन्छ। यो समयमा बङ्गाली भाषी मुसलमानको उद्भव भएको थियो जसमा क्रमश: वृद्धि हुँदै गएको थियो। तुर्केली आक्रमणकारीहरू मध्ये धेरैले बङ्गाली महिलाहरूसँग विवाह गरेर विस्तारै यहाँको भाषा र रहनसहनलाई अपनाएका थिए। उनीहरूले आफ्नो मातृभाषा अरबीलाई विर्सिएर बङ्गाली भाषालाई अपनाएपछि अरबी भाषा धर्म-कर्मको भाषामा सिमित बनेको थियो। बङ्गालमा हिन्दु जमिन्दार र सामन्तहरूको व्यवस्था प्रचलित थियो जसको फलस्वरूप मुसलमान विचार र पद्धतिको जनजीवनमा प्रभाव परेको थियो।

बङ्गाली साहित्यमा सन् १२०१ देखि सन् १३५० को समयमलाई विज्ञहरूले "अन्धकारको युग" मानेका छन्। हुमायुन आजादले आफ्नो पुस्तक "लाल नीलो दीपावली बा बाङ्ला साहित्यर जीवनी"को पृष्ठ १७ मा यस युगको बयान गरेका छन्। सन् १२०१ देखि सन् १३५० को बीचमा कुनै साहित्यिक कृतिहरू नलेखिएका कारण यस युगलाई अँध्यारोको युग पनि भन्ने गरिन्छ। विज्ञहरूले यस समयलाई निकै विचाार र चर्चा गरेका छन् तर कसैले पनि यश युगमा कृतिहरूमा प्रकाश पार्न सकेका छैनन्। यसको बाबजुद वाकिल अहमदले आफ्नो "बङ्गाली साहित्यको प्राचीनता" ग्रन्थको पृष्ठ १०५ मा बङ्गाली परम्पराको तथाकथित 'अन्धकार युग' कुनै पनि हालमा साँस्कृतिक बाँझोपनको युग थिएन भनेर वर्णन गरेका थिए। धर्म र शिक्षाको कलाको अभ्यास गर्ने जिम्मेवारी पाएकाहरू सीमित मापदण्डमा भए पनि शिक्षा साहित्यको अभ्यासमा संलग्न थिए। तथापि हिन्दु र मुसलमानहरूले बङणगालीलाई लोकभाषाको रूपमा स्वीकार गरेका थिएनन् जसकारण बङ्गाली साहित्यको निशान नहुनुको मुख्य कारण बनेको थियो।

यस समयका केही साहित्यिक रचनाहरू; १. प्राकृत भाषाको गीति कविताको सङ्कलन ग्रन्थ 'प्राकृत पैङ्गल' २. रामाई पण्डितद्वारा रचित 'शुन्यपुराण' (गद्यपद्य मिश्रित), ३. हलायुध मिश्रद्वारा रचित 'सेक शुभोदया' (गद्यपद्य मिश्रित) आदि हुन्।

बङ्गाली साहित्यमा आधुनिक युगका बारेमा फरक मत भए पनि लगभग सन् १७६० मा भरतचन्द्र रायको निधन पश्चात् धेरै समालोचकहरूले बङ्गाली साहित्यको आधुनिक युग प्रारम्भ भएको भन्ने विचार व्यक्त गरेका छन्। समयको सन्दर्भमा, आधुनिक युगलाई विभिन्न चरणहरूमा विभाजन गरिएको छ। यी युगहरूलाई सन् १७६०-१७९९ (आधुनिक युगको पहिलो भाग) सन् १८००-१८५८ (आधुनिक युगको दोस्रो भाग), सन् १८५९– १९०० (आधुनिक युगको तेस्रो भाग), सन् १९०१-१९४७ (आधुनिक युगको चौथो भाग) , सन् १९४८-२००० (आधुनिक युगको पाँचौ भाग) र सन् २००१ देखि हालसम्मको युगलाई आधुनिक युगको छैटौँ भागको रूपमा विभाजन गरिएको छ।

बङ्गाली साहित्यका उल्लेखनीय कवि तथा साहित्यकारहरू

[सम्पादन गर्नुहोस्]

मध्ययुग (सन् १२०० देखि १८००)

[सम्पादन गर्नुहोस्]

मध्ययुगका सम्पूर्ण क्षेत्रहरूमा कविताको एकाधिकार उल्लेखनीय छ। यो साहित्य विभिन्न शाखाहरूमा बाँडिएको थियो। यस अवधिका विभिन्न शाखाका उल्लेखनीय कविहरूको संयुक्त सूची यहाँ प्रस्तुत गरिएको छ। सूचीको तयारीमा कुनै प्रकारको क्रम अनुसार गरिएको छैन।

  • बडु चण्डीदास
  • शाह मुहम्मद सगीर
  • आलाओल
  • भरतचन्द्र रायगुणाकर
  • श्रीचैतन्यदेव
  • हेयात मासुद
  • मुकुन्दराम चक्रवर्ती
  • दौलत काजी
  • कृत्तिबास ओझा
  • साविरिद खान
  • चन्द्रावति
  • दौलत उजिर बाहराम खान
  • दुर्लभ मल्लिक
  • शेख फयजुल्लाह
  • मयुर भट्ट
  • अब्दुल हाकिम
  • मालाधर बसु
  • विद्यापति
  • द्विज वङ्शीबदन
  • चम्पागाजी
  • मागन ठाकुर
  • माधव कन्दली
  • रामानन्द जति
  • द्विज तुलसी
  • मानिकराम दास

आधुनिक युगको पहिलो भागका साहित्यिकारहरू (सन् १८०० देखि १९४७ सम्म)

[सम्पादन गर्नुहोस्]

विभाजन हुनुभन्दा पहिले लेखनद्वारा चिनिएका कवि र लेखकका नामहरू यसप्रकार छन्; तिनीहरूमध्ये थुप्रैले विभाजन पछि पनि साहित्यमा उल्लेखनीय योगदान दिएका छन्। तथापि, तिनीहरूलाई अझै पनि आधुनिक समयका प्रारम्भिक लेखकको रूपमा लिन सकिन्छ। यो सूची लेखकको जन्मक्रम अनुसार बनाइएको हो।

समकालीन लेखक (सन् १९४७ देखि हालसम्म)

[सम्पादन गर्नुहोस्]

देशको विभाजनपछि दुवै बङ्गाललाई (पूर्व र पश्चिम) साहित्यको छुट्टै क्षेत्रको रूपाा सृजना गरिएको थियो। तर साहित्यको संसार, विशेषगरी भाषा समानताको सन्दर्भमा सधैँ विश्वव्यापी रहेको छ। विभाजन पश्चात् बङ्गालका दुई उल्लेखनीय लेखकहरूको नामको संयुक्त सूची यहाँ बनाइएको छ। संयोग: यो सूची वर्णमाला अनुसार बनाइएको छ र यसमा विभिन्न नामहरू थपिन सक्छन्।

बङ्किम साहित्य

[सम्पादन गर्नुहोस्]
सन् १९६९ मा एक भारतीय डाँकटिकटमा बङ्किमचन्द्र चट्टोपाध्यायको तस्वीर

बङ्गाली साहित्यको मुख्य धारा बङ्किमचन्द्र चट्टोपाध्यायको हातमा थियो। सन् १८३८ मा जन्मिएका बाङ्किमले सन् १८६२ मा चौबीस वर्षको उमेरमा उपन्यास लेख्न सुरु गरेका थिए। सोही वर्ष एक स्विट्जरल्यान्डेली लेखिका हाना क्यानरिन मुलेन्सले फुलमणी ओ करुणार विवरण नामक एक उपन्यास सार्वजनिक गरेकी थिइन् जसलाई बङ्किमद्वारा बङ्गाली भाषाको प्रथम उपन्यासको मान्यता दिइएको थियो। बङ्किम उनले प्रकाशित गरेको उपन्यासबाट प्रेरित भएका थिए। सन् १८५८ मा प्यारीचाँद मित्रको उपन्यास आलालेर घरेर दुलाल प्रकाशित भएको थियो जुन एक बङ्गाली लेखकद्वारा लेखिएको प्रथम उपन्यास थियो। बङ्किमले आफ्नो पहिलो उपन्यासको पाण्डुलिपि तयार गर्न तीन वर्ष लगाएका थिए। उनले सन् १८६५ मा दुर्गेशानन्दिनी नामक उपन्यास प्रकाशन गरेका थिए। त्यसपछि उनले बङ्गला साहित्यका प्रथम सफल उपन्यासकारको दर्जा पाए किनभने दुर्गेशानन्दिनी बङ्गाली भाषाको पहिलो मिश्रित र अनुक्रमित रूपमा असीमित उपन्यास थिए। यो उपन्यासलाई १९औँ शताब्दीदेखि बङ्गाली भाषाको पहिलो सफल उपन्यास मानिन्छ।[]

बङ्किम एक सफल कामुक उपन्यासका लेखक थिए। उनका उपन्यासहरूले १९औँ शताब्दीमा भारतीय बङ्गाली युवाहरूमाझ प्रेमको भाव जगाउन सफल भएका थिए।[]

बङ्किमका प्रेममुलक उपन्यासहरू प्रकाशित वर्ष
"दुर्गेशनन्दिनी" सन् १९६५
"कपालकुण्डला" सन् १८६६
"मृणालिनी" सन् १८६९
"जुगलाङ्गुरीय" सन् १८७४
"चन्द्रशेखर" सन् १८७५
"राजसिङ्ह" सन् १८८१
"आनन्दमठ" सन् १८८२
"देवी चौधुरानी" ১৮৮৪
"राधावाणी" सन् १८८६
"सीताराम" सन् १८८७

रवीन्द्र साहित्य

[सम्पादन गर्नुहोस्]

रवीन्द्रनाथ ठाकुरको (७ मे १८६१ – ७ अगस्ट १९४१) (२५ वैशाख, १२६८ – २२ श्रावण १३४८ बङ्गाब्दो) बङ्गाली साहित्यको चर्चामा पक्कै पनि भिन्न छ। उनको जीवन र साहित्यिक कृतिहरूले बङ्गाली साहित्यमा नयाँ क्षितिज खोलेको छ। उनी एक अग्रणी बङ्गाली कवि, उपन्यासकार, सङ्गीतकार, नाटककार, चित्रकार, लघुकथा लेखक, निबन्धकार, अभिनेता, गायक र दार्शनिक थिए। उनी बङ्गाली भाषाका सबैभन्दा महान् लेखक मानिन्छन्। आफ्ना साहित्यिक कृतिहरूका कारण गुरुदेव, कविगुरु र विश्वकविको उपाधि रवीन्द्रनाथले प्राप्त गरेका थिए। उनीद्वारा प्रकाशित कविताका मौलिक पुस्तकहरूको सङ्ख्या ५२ रहेको छ। तर बङ्गाली समाजमा उनको लोकप्रियता मुख्यतः सङ्गीतकारको रूपमा रहेको छ। रवीन्द्रनाथले करिब २ हजार गीतहरू लेखेका थिए। कविता र गीतबाहेक उनले १३ वटा उपन्यास, ९५ वटा लघुकथा, ३६ वटा निबन्ध र ३८ वटा नाटक कृतिहरू रहेका छन्।

आधुनिक बङ्गाली कविता

[सम्पादन गर्नुहोस्]

बङ्गाली कथा तथा उपन्यास साहित्य

[सम्पादन गर्नुहोस्]

बङ्गाली उपन्यासहरू बङ्गाली साहित्यको सबैभन्दा नयाँ साहित्यिक विधा हो। यो १९औँ शताब्दीको बीचतिर सुरु भएको थियो। सन् १८५८ मा पारिचन्द मित्राको आलालेेर घरे दुलाल नामक उपन्यास प्रकाशनमा आएको थियो। उपन्यासको मनोदशा यसको आख्यान र रचना शैलीमा देखिएको छ। बङ्किमचन्द्र चट्टोपाध्यायले बङ्गाली उपन्यासको ठोस जग बसालेका थिए। बङ्किमचन्द्रबाट सुरु भएको उपन्यासको नयाँ आयमले अछामबाट सुरु भएको लामो कालखण्ड अन्तर्गत बङ्गाली उपन्यासमा युरोपेली उपन्यासको शैलीमा छायाङ्कन गरेको छ। उपन्यास विधाले रवीन्द्रनाथ ठाकुरको उदय पश्चात् नयाँ आयाम प्राप्त गरेको थियो। उनले बङ्गाली साहित्यका सबै शाखाहरूमा पोख्त थिए यद्यपि समालोचकहरू रवीन्द्रनाथका उपन्यासलाई पुरानो मान्न सकिरहेका छैनन्। सरतचन्द्र चट्टोपाध्याय १९-२०औँ शताब्दीका बीच अर्का प्रभावशाली उपन्यासकार हुन्।

बीसौँ शताब्दीको प्रारम्भमा बङ्गाली कथाले बुद्धदेब बोस, अच्युतकुमार सेन र अन्य व्यक्तिहरूको हातमा ठोस जग प्राप्त गरेको थियो। तर, बङ्गाली उपन्यास विधा मणिक बनर्जी, जगदीश गुप्ता र कमलकुमार मजुमदारको उदय पश्चात् नयाँ आयाम भित्रिएको थियो। तिनीहरूले उपन्यास विधालाई ठूलो परिमाणमा नभई मानव अस्तित्वका विभिन्न पक्षहरूमा ध्यान केन्द्रित गर्दै उपन्यासहरू विकास गरिएका थिए। माणिक बन्दोपध्याय रवीन्द्रनाथपछिको युगमा सबैभन्दा बढी सफल उपन्यासकार हुन्। उनीहरूले उपन्यासको मानव अस्तित्वको मनोवैज्ञानिक र सामाजिक जटिलताबारे घनिभूत प्रकाश पारेका छन्। उपन्यासलाई उनीहरूको लेखन शैलीको बलद्वारा आम पाठकको नजिक पुर्‍याएका छन्। साथै उनीहरूले उपन्यासको कला विधामा सशक्त गद्यको क्षमतालाई पनि स्थापित गरेका छन्।

बङ्गाली निबन्ध साहित्य

[सम्पादन गर्नुहोस्]

वर्णनात्मक गद्यलाई साहित्यमा निबन्ध भनिन्छ। निबन्ध साहित्यको एउटा शाखा हो। यसका पर्यायवाची शब्द सङ्ग्रह, रचना र सन्दर्भ हुन्। यस लेखको विषयवस्तु कलात्मक, काल्पनिक, जीवन-उन्मुख, ऐतिहासिक वा आत्मकथात्मक हुन्छ। निबन्ध लेख्ने व्यक्तिलाई निबन्धकार भनिन्छ। यस लेखमा कुनै विषयका विभिन्न पक्षबारे छलफल गरिएको हुन्छ। बङ्गाली निबन्ध साहित्य साहित्य एक धनी विधा हो। युगौँदेखिनै थुप्रै निबन्धकारले आफ्नो निबन्धमार्फत बङ्गाली साहित्यलाई समृद्ध बनाएका छन्। तीमध्ये बङ्किमचन्द्र चट्टोपाध्यायका विभिन्न निबन्धहरूको सङ्ग्रह, रवीन्द्रनाथ ठाकुरका विविध निबन्धहरू र प्रमथ चौधुरीका निबन्धहरू पर्दछन्। यसबाहेक काजी अब्दुल ओदुद, मानिक बन्दोपाध्याय, अब्दुल हक आदि लगायत धेरै निबन्धकारहरू पनि बङ्गाली निबन्ध साहित्यको क्षेत्रमा उल्लेखनीय रहेका छन्।

पुरस्कार तथा सम्मान

[सम्पादन गर्नुहोस्]

नोबेल पुरस्कार

[सम्पादन गर्नुहोस्]

बङ्गालादेशको साहित्य पुरस्कार

[सम्पादन गर्नुहोस्]

पश्चिमबङ्गालको साहित्य पुरस्कार

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. বাংলা সাহিত্য পরিচয়, ড. পার্থ চট্টোপাধ্যায়, তুলসী প্রকাশনী, কলকাতা, ২০০৮, পৃ. xxiii
  2. লাল নীল দীপাবলি বা বাঙলা সাহিত্যের জীবনী, হুমায়ুন আজাদ, আগামী প্রকাশনী, ঢাকা, ২০০৫, পৃ. ১৯
  3. বাংলা সাহিত্য পরিচয়, পৃ. ৮
  4. "বিদ্যায় সাহিত্যে শিল্পে", বঙ্গভূমিকা, সুকুমার সেন, পশ্চিমবঙ্গ বাংলা আকাদেমি, কলকাতা, পৃ. ১৪৫-৯৬
  5. বাংলা সাহিত্যের সমগ্র ইতিহাস, ক্ষেত্র গুপ্ত, গ্রন্থনিলয়, কলকাতা, ২০০১, পৃ. ৩৭-৪৩
  6. "বাংলা সাহিত্যের সাহিত্য সম্রাট বঙ্কিমচন্দ্র চট্টোপাধ্যায়", ইত্তেফাক 
  7. "বিষবৃক্ষ উপন্যাসের ক্যানভাস এবং বঙ্কিমের সমাজভাবনা - ফজলুল হক সৈকত", banglanews24.com 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]