बदिन
बदिन
بدين | |
---|---|
जिल्ला सदरमुकाम | |
निर्देशाङ्क: २४°३९′२६″उ॰ ६८°५०′२६″पू॰ / २४.६५७२२°N ६८.८४०५६°Eनिर्देशाङ्कहरू: २४°३९′२६″उ॰ ६८°५०′२६″पू॰ / २४.६५७२२°N ६८.८४०५६°E | |
देश | पाकिस्तान |
प्रदेश | सिन्ध |
जिल्ला | बदिन |
उन्नतांश | १० मिटर (३० फिट) |
जनसङ्ख्या | |
• जम्मा | ६१,३०२ |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
बदिन (सिन्धी: بدين उर्दु: بدین) पाकिस्तानको सिन्ध प्रान्तमा रहेको बदिन जिल्लाको सदरमुकाम सहर हो ।[१] यो सहर सिन्धु नदीबाट पुर्वमा रहेको छ । यो सहरका जमिन समथल र उब्जाउ हुने भएकाले धान खेती यहाँ देशको सबैभन्दा धेरै उत्पादन हुन्छ भने यस सहरबाट नजिकमा तोरी खेती पनि हुन्छ । बदिन सहर बदिन जिल्लाको प्रमुख सहरको रूपमा रहेको छ जसको सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस सहरको जनसङ्ख्या ६१,३०२ रहेको छ ।[२] बदिन सहरलाई यहाँ धेरै चिनी उत्पादन हुने भएकाले चिनीको सहर पनि भनिन्छ । यो सहर सन् १९७५ मा स्थपना भएको थियो । बदिन जिल्लालाई उत्तर तर्फबाट हैदराबाद र मीरपुर खासले घेरेको छ । तिरपकर र मीरपुर खासले उत्तरबाट घेरेको छ भने थटा जिल्लाले पश्चिममा त्यस्तै गरी भारतको कच जिल्लाले दक्षिणमा घेरेको छ जुन भारतसँग अन्तर्राष्ट्रिय सिमाना रूपमा रहेको छ ।[३]
मौसम
[सम्पादन गर्नुहोस्]यस सहरको नजिकमा समुन्द्र भएकाले सहरको मौसमलाई लगभग सबै महिना मध्यम तापक्रम हुने खालको छ । यस सहरमा मार्च महिना देखि अक्टोबर महिना सम्म समुन्द्रको मन्ध हावा चल्ने गर्छ । वर्षा ऋतुको समयमा यस सहरको आकास बादलले घेरेता पनि पानी भन्ने कम मात्रमा पर्छ यतिबेलाको मौसम सामान्यतया ओसिलो हुन्छ । बदिनको चिसो मौसम नोभेम्बरको सुरुदेखि देखि सुरु हुन्छ जब ओसिलो समुन्द्री हावा अचानक परिवर्तन भएर चिसो हावा उत्तर-पूर्वी तिरबाट बग्न थाल्छ यसको कारण प्राकृतिक तापमानमा तुरुन्तै गिरावट हुन्छ र यस समयमा आँधी तुफान र बाढीको बढी खतरा हुन्छ ।
बदिनको मौसम जानकारी | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
महिना | जनवरी | फेब्रुअरी | मार्च | अप्रिल | मे | जुन | जुलाई | अगस्ट | सेप्टेम्बर | अक्टोबर | नोभेम्बर | डिसेम्बर | वर्ष |
उच्चतम रेकर्ड °से (°फे) | ३६.१ (९७.०) |
३७.२ (९९.०) |
४२.८ (१०९.०) |
४५.६ (११४.१) |
४९.४ (१२०.९) |
४६.७ (११६.१) |
४३.३ (१०९.९) |
४१.१ (१०६.०) |
४२.२ (१०८.०) |
४१.७ (१०७.१) |
३८.३ (१००.९) |
३५.६ (९६.१) |
४९.४ (१२०.९) |
उच्चतम औसत °से (°फे) | २५.८ (७८.४) |
२८.६ (८३.५) |
३४.० (९३.२) |
३८.४ (१०१.१) |
३९.८ (१०३.६) |
३८.० (१००.४) |
३५.१ (९५.२) |
३३.६ (९२.५) |
३४.४ (९३.९) |
३५.८ (९६.४) |
३१.९ (८९.४) |
२६.७ (८०.१) |
३३.५ (९२.३) |
दैनिक औसत °से (°फे) | १७.२ (६३.०) |
२०.१ (६८.२) |
२५.४ (७७.७) |
३०.१ (८६.२) |
३२.७ (९०.९) |
३२.८ (९१.०) |
३१.१ (८८.०) |
२९.८ (८५.६) |
२९.६ (८५.३) |
२९.७ (८५.५) |
२३.९ (७५.०) |
१८.४ (६५.१) |
२६.७ (८०.१) |
न्यूनतम औसत °से (°फे) | ८.७ (४७.७) |
११.६ (५२.९) |
१६.८ (६२.२) |
२१.८ (७१.२) |
२५.५ (७७.९) |
२७.५ (८१.५) |
२७.० (८०.६) |
२६.१ (७९.०) |
२४.९ (७६.८) |
२१.७ (७१.१) |
१५.९ (६०.६) |
१०.१ (५०.२) |
१९.८ (६७.६) |
न्यूनतम रेकर्ड °से (°फे) | −१.१ (३०.०) |
१.० (३३.८) |
५.० (४१.०) |
१३.० (५५.४) |
१७.५ (६३.५) |
२१.१ (७०.०) |
२३.० (७३.४) |
२२.५ (७२.५) |
२०.६ (६९.१) |
१२.० (५३.६) |
६.७ (४४.१) |
२.५ (३६.५) |
−१.१ (३०.०) |
औसत वर्षा मिमी (इन्च) | १.० (०.०४) |
३.६ (०.१४) |
२.३ (०.०९) |
२.५ (०.१०) |
०.७ (०.०३) |
१०.८ (०.४३) |
७०.५ (२.७८) |
८९.९ (३.५४) |
३४.४ (१.३५) |
३.७ (०.१५) |
१.७ (०.०७) |
१.१ (०.०४) |
२२२.२ (८.७६) |
स्रोत: (१९६१–१९९०) [४] |
शिक्षा
[सम्पादन गर्नुहोस्]बदिन सहरका छात्र छात्राको शिक्षामा अभिबृद्ध ल्याउनका लागि यस सहरमा सिन्ध विश्वविद्यालय स्थपना भएको थियो जसलाई लार पनि भन्ने गरिन्थ्यो । त्यसपछि सिन्ध विश्वविद्यालय लार क्याम्पस पनि सहरमा स्थापित गरिएको थियो जसले उच्च शिक्षाका लागि महिला सहभागीतामा विषेश ध्यान दिएको थियो । यस क्याम्पले एक पुस्तकालय र एक कम्प्युटर प्रयोगशाला सहित इन्टरनेट जडान सुविधा प्रदान गर्दछ । कलेजले बिजनेस एडमिनिस्ट्रेशन, वाणिज्य र कम्प्युटर साइन्समा ४-वर्षको स्नातक डिग्री प्रदान गर्दछ र कम्प्यूटर साइन्स र बीएडडी, एम.एडमा स्नातकोत्तर डिप्लोमाको पनि व्यवस्था गरिएको छ । राहिम पब्लिक स्कूल र कलेज बदिन पूर्व-मेडिकल र पूर्व-इन्जिनियरिङ अध्ययनको लागि यस क्षेत्रको लोकप्रिय विद्यालयहरू हुन् । सन् २०१३ को अनुसार सरकारले सञ्चालन गरेका विद्यालयहरूमा २०९ विद्यालय छात्रका लागि, १०२ विद्यालय छात्राका लागि , ६९१ प्राथमिक विद्यालयहरू, ४२८ सह-शैक्षिक विद्यालयहरू, र १५ उच्च विद्यालयहरू रहेका छन् ।[५]
संस्कृति
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "बदिन सहर", इनसाईक्लोपिडिया ब्रिटानिका, अन्तिम पहुँच १८ जनवरी २०१३।
- ↑ "बदिन सहरको इतिहास", गन्धारा, अन्तिम पहुँच ८ नोभेम्बर २०१३। वेब्याक मेसिन अभिलेखिकरण ८ अगस्ट २०१४ मिति
- ↑ "बदिन सहरको जानकार"। वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-१० मिति
- ↑ "बदिन सहरको मौसमी जानकारी", राष्ट्रिय जल तथा मौसम पुर्वाअनुमान महासाखा, अन्तिम पहुँच जनवरी १८, २०१३।
- ↑ सिन्ध, विश्वविद्यालय, "बदिन सहरको लार क्याम्पस", मूलबाट १२ डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ नोभेम्बर २०१३। वेब्याक मेसिन अभिलेखिकरण १२ डिसेम्बर २०१३ मिति