२०१३ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री
आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री २०१३ | |
---|---|
प्रशासक(हरू) | अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) |
क्रिकेटको प्रकार | ५० ओभर |
टुर्नामेन्टको प्रकार | राउन्ड रोबिन |
आयोजक(हरू) | बर्मुडा |
विजेता | नेपाल |
सहभागीहरू | ६ |
खेल संख्या | १८ |
म्यान अफ द सिरिज | डेभिस अरिनैत्वे |
अधिक रन | स्टिभन टायलर(२७४) |
अधिक विकेट | मुनिस अन्सारी(१६) |
आधिकारिक वेबसाइट | ICC World Cricket League |
आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री २०१३ सन् २०१३को अप्रिल २८ तारिखदेखि मे ५ सम्म आयोजना गरिएको क्रिकेट प्रतियोगिता हो । आइसिसी वर्ल्ड क्रिकेट लिगको एक भागको रूपमा आयोजना भएको उक्त प्रतियोगिता सन् २०१५ को वर्ल्डकप क्रिकेट प्रतियोगितामा सहभागी हुने टिम छनौट गर्नको लागि खेलाईएको हो ।
सहभागी टिमहरू
[सम्पादन गर्नुहोस्]आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु २०११, आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री २०११ र आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन फोर २०१२को नतिजा अनुसार यस प्रतियोगितामा सहभागी टिमको छनौट गरिएको हो ।
यस प्रतियोगिताका लागि छनौट भएका टिमहरू:
- युगान्डा (आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु २०११मा पाँचौ)
- बर्मुडा (आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु २०११मा छैठौं)
- ओमान (आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु २०११मा तेस्रो)
- इटाली (आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु २०११मा चौथो)
- नेपाल (आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु २०११मा प्रथम)
- संयुक्त राज्य अमेरिका (आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु २०११मा द्वितीय)
खेलाडीहरू
[सम्पादन गर्नुहोस्]बर्मुडा | इटाली | नेपाल | ओमान | युगान्डा | संयुक्त राज्य अमेरिका |
---|---|---|---|---|---|
नेपाल–अमेरिका
[सम्पादन गर्नुहोस्]टस जितेर नेपालले ब्याटिङको निम्तो दिएपछि अमेरिका मैदानमा उत्रियो । पहिलो ओभर देखीनै नेपालका बलरहरूलाई चुटन थालेको अमेरिका अन्तिम समयसम्म पनि रोकिएन । अमेरिकाका स्टेभन टेलरको ब्याट नरोकिदा नेपालले ३ सय ६७ रनको विशाल लक्ष्य पायो । १ सय २ बलको सामना गरेका टेलरले १ सय ६२ रनको उनको जीवनकै उत्कृष्ट इनिङ खेले । उनको स्कोरमा १२ चौका र त्यतीनै छक्का सामेल थियो । टेलरले बनाएको यो स्कोर कुनैपनि खेलाडीले नेपालविरुद्ध बनाएको सर्बाधिक स्कोर हो । ३४ ओभर २ बलमा संजम रेग्मिको बलमा बसन्त रेग्मिको हातबाट क्याच आउट हुनु अघि टेलरले टिमको स्कोर कोर्डमा २ सय ३४ रन पुर्याइ सकेका थिए । नेपालका कुनै पनि बलरले किफायती बल फोलनन । ९ ओभर बल फालेका स्पिनर शक्ति गौचनले एक विकेट लिदै ८० रन खर्चिए भने कप्तान पारस खड्काले विना विकेट १० ओभरमा ७० रन दिए । अमेरिकाले नेपालको खराब फिल्डिङको पनि भरपुर फाइदा उठायो । त्यस्तै अर्लान्डो बाकरले बसन्त रेग्मिको बलमा बोल्ड हुनु अघि ३७ रन जोडे भने एलेन ६७ रनमा अन्तिम समय सम्म क्रिजमा रहे । २८ रनको व्यक्तिगत स्कोरमा सुशील नाडकर्नीलाई संजमले एलबिडब्लुको धरापमा पारे ।
३ सय ६७ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङमा उत्रिएको नेपाल एक बल बांकी रहदा २ सय ७२ रनमासिमित भयो । कप्तान पारस र शरद भेष्वाकरले क्रमश ७३ र ७२ रन बनाउदै नेपाललाई उकासने कोसिस गरेपनि सफल हुन सकेनन । पारसलाई बार्टलेको बलमा टेलरले क्याच आउट गरेकमा थिए भने भेष्वाकर मोहम्मद घोषको बलमा बोल्ड भए । ओपनर ब्याट्सम्यानद्वय सुबास खकुरेल २३ रनमा क्याच आउट हुदै पेभेलियन फकिर्दँ अनिल मण्डलले खातानै खोलेनन । ज्ञानेन्द्र मल्ल ९, प्रदिप ऐरी १४, बिनोद भण्डारी ४,बसन्त ७ र संजम १४ रनमा मैदान बाहिरए । शक्तिले भने केही समय धैर्यता देखाउदै ३९ रन नेपालका् खातामा थपे । खेलको म्यान अफ द म्याच शतक हार गरेका टेलर घोषित भए । [१]
नेपाल-युगान्डा
[सम्पादन गर्नुहोस्]दोस्रो खेलको नजिता नेपालले नयाँ प्रतिद्वन्द्वी युगान्डालाई सुम्पियो । नेपाल ६ विकेटले पराजित भयो । अमेरिकासँगको खेलपछि प्रशिक्षक पुवुदु दासानायकेले टिममा दुई परिवर्तन गरेका थिए । तर त्यसले पनि कुनै प्रभाव देखिएन । अनील मण्डलको स्थानमा पृथु बास्कोटा र सञ्जम रेग्मीको ठाउँमा चन्द्र साउदलाई ल्याए । सातौँ ओभरदेखि नेपालको विकेट पतन सुरु भएको थियो । ओपनर सुवास खकुरेल पाँच रनमा आउट भए । त्यसपछि एक रन पनि बटुल्न नपाउँदै अर्को ओभरमा अनील मण्डलको स्थान लिएका प्रदीप ऐरी २४ रनमा क्याच आउट भए । त्यसपछि कप्तान पारस खड्का पनि दोहोरो अंक छुन नपाउँदै प|mान्क सुबुगाको बलमा बोल्ड भए । पारसले ६ रन जोडेका थिए । लगातार तीन विकेट गुमाएपछि दबाबमा आएको नेपालले ४७ रन हुँदा चौथो विकेट गुमायो । उपकप्तान ज्ञानेन्द्र मल्ल एकपटक जम्न सकेनन् । उनले १० रन जोडे । विनोद भण्डारीले १८ रन जोडे । अमेरिकाविरुद्ध ७२ रन जोडेका शरद भेषावकर शून्यमै आउट भए । वसन्त रेग्मीले ४, पृथु बास्कोटाले १८ र चन्द्र साउदले ३ रन बनाए । केही सम्हालिएर ब्याटिङ गरेका शक्ति गौचनले ८३ बलमा २१ रन बनाए । नेपाललाई कम रन समेट्ने क्रममा युगान्डाका डेभिस अरिनेटी र फ्रान्क सुबुगाले समान ३-३ विकेट लिए ।
एक सय १७ रनको लक्ष्य युगान्डाले २७ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । उसले १ सय १७ रन बनायो । युगान्डाका रोजेर मुकासाले अविजित ४९ रन बनाए । ७५ बल खेल्ने क्रममा उनले पाँच चौका प्रहार गरेका थिए । सानो लक्ष्य रोक्ने क्रममा रहेको नेपाली बलरले कुनै कमाल देखाउन सकेनन् । ६ ओभर भित्र नेपालले युगान्डाको दुई विकेट लिएको थियो । चन्द्र साउदले युगाण्डाका ओपनर बरिनलाई व्यक्तिगत दुई रनमा आउट गरे । अर्का ओपनर अरथर क्योबलाई अमृत भट्टराईले आउट पारे । तर मुकासा र मुसोकेले अर्धशतकीय साझेदारी गर्दै युगान्डाको जितको आधार बन्यो । मुसोकेले २२ रन जोडे ।[२]
नेपाल–ओमान
[सम्पादन गर्नुहोस्]नेशनल स्टेडियममा १ सय ६१ रनको लक्ष्य पछ्याएको ओमान ४६ दशमलव ४ ओभरमा १ सय ३२ रनमा समेटिएपछि नेपालले २८ रनको जित हात पारेको हो । ओमानका लागि सर्बाधिक २७ रन बैभवले प्रहार गरेका थिए । नेपालका बलरहरूले किफायती बलिङ गरेपछि ओमानका ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन । नेपालका स्पिनरद्वय संजम र बसन्त रेग्मिले दुई–दुई तथा पारस खड्का, पृथु बास्कोटा र शक्ति गौचनले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर ब्याटिङ गरेको नेपाले निर्धािरत ओभरमा ९ विकेट गुमाउदै १ सय ६० रनको योगफल तयार पारेको थियो । ओपनरद्वय सुबास खकुरेल र अनिल मण्डल ओमान बिरुद्व पनि फ्लप भएपछि नेपाल सुरुवातमै दबाबमा आएको थियो । सुबास १ र अनिल ७ रनमा क्रमश एलबि डब्लु र क्याच आउट हुदै पेभेलियन फर्किएका थिए । तर मध्यमक्रमका ब्याट्सम्यानले सम्हालिएको ब्याटिङ गर्दै नेपालको इनिङ धरासायी हुनबाट बचाए । नेपालका लागि म्यान अफ द म्याच ज्ञानेन्द्र मल्ले ३४, बिनोद भण्डारीले ३२, पारसले २८ र शरद भेष्वाकरले २७ रन जोडेका थिए । बलिङतर्फ ओमानका मुनिस अन्सारीले ३ तथा अजय लालचेताले २ विकेट लिए । [१] पहिले व्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६० रन बनायो । १ रन जोड्दा ओपनर सुवास खकुरेललाई गुमाएको नेपालको पारी मध्यक्रमका व्याट्सम्यानले सम्हालेका थिए । उपकप्तान ज्ञानेन्द्र मल्लले ३४ रन जोड्दा विनोद भण्डारीले ३२, कप्तान पारस खड्काले २८ र सदर भसवाकरले २७ रनको योगदान दिए । जवाफमा मैदान उत्रिएको ओमान ४६ दशमलव ४ ओभरमा १ सय ३२ रनमा अल आउट भयो । उसलाई सस्तैमा समेट्ने क्रममा संजम रेग्मी र बसन्त रेग्मीले समान २/२ विकेट लिए भने शक्ति गौचन, पृथु बास्कोटा र पारस खड्काले १ विकेट लिए । [३]
अङ्क तालिका
[सम्पादन गर्नुहोस्]
|
|
खेलहरू
[सम्पादन गर्नुहोस्]२८ अप्रिल स्कोरकार्ड |
संयुक्त राज्य अमेरिका ३६६/६ (५०.० ओभर) |
v | नेपाल २७२ (४९.५ ओभर) |
अमेरिका ९४ रनले विजयी समरसेट अम्पायरहरू: स्टिभन डग्लस (बर्मुडा) र विश्वनन्दन कालिदास (माल्दिभ्स) प्लेयर अफ दि म्याच: स्टिभन टायलर (अमेरिका) |
स्टिभन टायलर १६२ (१०२) बसन्त रेग्मी २/४६ (१० ओभर) |
पारस खड्का ७३ (६४) निल म्याकग्यारेल ३/४२ (९.५ ओभर) | |||
|
२८ अप्रिल स्कोरकार्ड |
युगान्डा २२२/७ (५०.० ओभर) |
v | बर्मुडा १०८ (४३.३ ओभर) |
युगान्डा ११४ रनले विजयी नेसनल स्टेडियम, ह्यामिल्टन अम्पायरहरू: निल्स बाघ (डेन्मार्क) र कर्ट्नी यङ्ग (Cay) प्लेयर अफ दि म्याच: आर्थर कियोब (युगान्डा) |
आर्थर कियोब ५३ (११२) रड्नी ट्रट २/३४ (१० ओभर) |
कर्ट स्टभेल १९ (४५) हेनरी सेनियोन्दो ४/२३ (८.३ ओभर ) | |||
|
२८ अप्रिल स्कोरकार्ड |
इटाली ११० (३८.२ ओभर) |
v | ओमान ११२/३ (२९.१ ओभर) |
ओमान ७ विकेटले विजयी सेन्ट जर्जस अम्पायरहरू: रिचार्ड इलिङ्वर्थ (बेलायत) र सिल्भन टायलर (अमेरिका) प्लेयर अफ दि म्याच: अमिर कलिम (ओमान) |
पिटर पेट्रिकोला २१ (२६) अमिर कलिम ४/१५ (८ ओभर) |
वैभव वटेगावँकर ३१* (६१) डामियन क्रली १/११ (५ ओभर) | |||
|
२९ अप्रिल स्कोरकार्ड |
नेपाल ११६ (४४.२ ओभर) |
v | युगान्डा ११७/४ (२७ ओभर) |
युगान्डा ६ विकेटले विजयी समरसेट अम्पायरहरू: रोजर डिल (बर्मुडा) र कर्ट्नी यङ्ग (Cay) प्लेयर अफ दि म्याच: डेभिस अरिनैत्वे (युगान्डा) |
प्रदीप ऐरी २४ (२९) डेभिस अरिनैत्वे ३/१२ (९.२ ओभर) |
रोजर मुकासा ४९ (७४) बसन्त रेग्मी २/३३ (९ ओभर) | |||
|
२९ अप्रिल स्कोरकार्ड |
बर्मुडा १९४ (४४.१ ओभर) |
v | ओमान १६० (४१.५ ओभर) |
बर्मुडा ३४ रनले विजयी ह्यामिल्टन अम्पायरहरू: निल्स बाघ (डेन्मार्क) र सिल्भन टायलर (अमेरिका) |
ट्रिडवेल गिब्बन्स् ३३ (४५) आमेर अली ३/३४ (१० ओभर) |
आमेर अली ५८ (८०) मलची जोनेस ३/२९ (१० ओभर) | |||
|
२९ अप्रिल स्कोरकार्ड |
संयुक्त राज्य अमेरिका २५४/८ (५० ओभर) |
v | इटाली १८० (४५.३ ओभर) |
अमेरिका ७४ रनले विजयी सेन्ट जर्जस् अम्पायरहरू: स्टिभन डग्लस (बर्मुडा) र रिचार्ड इलिङ्वर्थ (बेलायत) प्लेयर अफ दि म्याच: टिम्रोय एलेन (अमेरिका) |
सुशील नाडकर्नी ७३ (१२१) डिलान फर्नान्डो ३/५४ (८ ओभर) |
कार्ल स्यान्ड्री ४१ (४९) निल म्याकग्यारेल ४/४४ (९.३ ओभर) | |||
|
१ मे स्कोरकार्ड |
बर्मुडा १०६ (३८.२ ओभर) |
v | नेपाल १०७/२ (११.२ ओभर) |
नेपाल ८ विकेटले विजयी ह्यामिल्टन अम्पायरहरू: रिचार्ड इलिङ्वर्थ (बेलायत) र विश्वनन्दन कालिदास (माल्दिभ्स) प्लेयर अफ दि म्याच: पारस खड्का (नेपाल) |
स्टेभेन आउटरब्रिज २९ (७७) पारस खड्का ४/३१ (१० ओभर) |
पारस खड्का ४६* (२७) रोड्नी ट्रट २/२८ (३ ओभर) | |||
|
१ मे स्कोरकार्ड |
युगान्डा ११४/९ (५० ओभर) |
v | इटाली ९१ (३५.३ ओभर) |
युगान्डा २३ रनले विजयी सेन्ट जर्जस् अम्पायरहरू: स्टिभन डग्लस (बर्मुडा) र कर्ट्नी यङ्ग (Cay) प्लेयर अफ दि म्याच: डेभिस अरिनैत्वे (युगान्डा) |
रिचार्ड ओकिया १५* (४९) कार्ल स्यान्ड्री ४/२६ (१० ओभर) |
एन्डी नर्थकट २८ (७२) डेभिस अरिनैत्वे ४/२० (१० ओभर) | |||
|
१ मे स्कोरकार्ड |
ओमान १७५ (४९.४ ओभर) |
v | संयुक्त राज्य अमेरिका १७६/८ (३९.१ ओभर) |
अमेरिका २ विकेटले विजयी समरसेट अम्पायरहरू: निल्स बाघ (डेन्मार्क) र रोजर डिल (बर्मुडा) |
मुनिस अन्सारी २६* (२२) निल म्याकग्यारेल ३/३० (१० ओभर) |
रसार्ड मार्सल ७२* (८३) आमिर कलिम ३/३४ (१० ओभर) | |||
|
२ मे स्कोरकार्ड |
नेपाल १६०/९ (५० ओभर) |
v | ओमान १३२ (४६.४ ओभर) |
नेपाल २८ रनले विजयी सेन्ट जर्जस् अम्पायरहरू: निल्स बाघ (डेन्मार्क) र रोजर डिल (बर्मुडा) |
विनोद भण्डारी ३५ (५०) मुनिस अन्सारी ३/२७ (१० ओभर) |
वैभव वटेगावँकर २७ (६८) बसन्त रेग्मी २/१८ (९ ओभर) | |||
|
२ मे स्कोरकार्ड |
बर्मुडा २८४ (५० ओभर) |
v | इटाली २२४ (४४ ओभर) |
बर्मुडा ६० रनले विजयी ह्यामिल्टन अम्पायरहरू: विश्वनन्दन कालिदास (माल्दिभ्स) र सिल्भन टायलर (अमेरिका) |
लियोनेल कान ११३ (४८) डिलान फर्नान्डो ३/४२ (७ ओभर) |
कार्ल स्यान्ड्री ६६ (३४) मलाची जोन्स ३/५१ (९ ओभर) | |||
|
२ मे स्कोरकार्ड |
युगान्डा 175 (49.5 ओभर) |
v | संयुक्त राज्य अमेरिका 93 (39.1 ओभर) |
युगान्डा ८२ रनले विजयी समरसेट अम्पायरहरू: रोजर डिल (बर्मुडा) र रिचार्ड इलिङ्वर्थ (बेलायत) प्लेयर अफ दि म्याच: लरेन्स सेमातिम्बा (युगान्डा) |
लरेन्स सेमातिम्बा ४४ (९१) टिम्रोय एलेन २/३७ (७ ओभर) |
स्टिभ मसिहा २४ (४६) रोजर मुकासा ३/२९ (१० ओभर) | |||
|
४ मे स्कोरकार्ड |
नेपाल १२९/२ (१४.५ ओभर) |
v | इटाली १२७/९ (५०.० ओभर) |
नेपाल ८ विकेटले विजयी सेन्ट जर्जस् अम्पायरहरू: कर्ट्नी यङ्ग (Cay) र सिल्भन टायलर (अमेरिका) |
सुबास खकुरेल ४७ (३५) फिदा हुसेन १/१३ (०.५ ओभर) |
कार्ल स्यान्ड्री ३९ (६५) राहुल विश्वकर्मा ३/२८ (१० ओभर) | |||
|
४ मे स्कोरकार्ड |
बर्मुडा २२१/५ (४४.४ ओभर) |
v | संयुक्त राज्य अमेरिका २२०/९ (५०.० ओभर) |
बर्मुडा ५ विकिटले विजयी ह्यामिल्टन अम्पायरहरू: रिचार्ड इलिङ्वर्थ (बेलायत) र निल्स बाघ (डेन्मार्क) |
डग्लस ८९ (७५) मलाची जोन्स ३/४८ (१०.० ओभर) |
अकिम डड्सन ५० (९३) | |||
|
४ मे स्कोरकार्ड |
ओमान १६४/३ (३९.० ओभर) |
v | युगान्डा १६३/९ (५०.० ओभर) |
ओमान ७ विकेटले विजयी समरसेट अम्पायरहरू: रोजर डिल (बर्मुडा) र विश्वनन्दन कालिदास (माल्दिभ्स) |
जिसान सिद्दिकी ६९ (१२०) मुनिस अन्सारी २/१४ (१० ओभर) |
आर्थर कियोब ४२ (५६) फ्रान्क न्सुबुगा १/२२ (९.० ओभर) | |||
|
प्लेअफ
[सम्पादन गर्नुहोस्]पाँचौं स्थानका लागि प्लेअफ
[सम्पादन गर्नुहोस्]५ मे स्कोरकार्ड |
ओमान 208/5 (44.5 overs) |
v | इटाली 207 (48.4 overs) |
Oman won by 5 wickets Somerset अम्पायरहरू: Roger Dill (Ber) and Silvan Taylor (USA) |
Zeeshan Siddiqui 64 (68) Munis Ansari 4/72 (9.4 Overs) |
Alessandro Bonora 42 (87) Damian Crowley 2/39 (10.0 Overs) | |||
|
तेस्रो स्थानका लागि प्लेअफ
[सम्पादन गर्नुहोस्]5 May स्कोरकार्ड |
संयुक्त राज्य अमेरिका 271/7 (50.0 overs) |
v | बर्मुडा 241 (48.4 overs) |
United States won by 30 runs St. George's अम्पायरहरू: Richard Illingworth (Eng) and Courtney Young (Cay) |
Steven Taylor 97 (95) Muhammad Ghous 4/43 (10.0 overs) |
David Hemp 45 (60) Curt Stovell 4/38 (9.0 overs) | |||
|
फाइनल
[सम्पादन गर्नुहोस्]5 May स्कोरकार्ड |
युगान्डा 151/8 (50.0 overs) |
v | नेपाल 153/5 (39.2 overs) |
Nepal won by 5 wickets National Stadium, Hamilton अम्पायरहरू: Steven Douglas (Ber) and Viswanadan Kalidas (Mal) प्लेयर अफ दि म्याच: Pradeep Airee (Nep) |
Deusdedit Muhumuza 28 (70) Basanta Regmi 2/24 (10 0vers) |
Pradeep Airee 60 (95) Henry Ssenyondo 2/29 (7 overs) | |||
|
तथ्याङ्कहरू
[सम्पादन गर्नुहोस्]अत्याधिक रन
[सम्पादन गर्नुहोस्]तलको तालिकामा यस सिजनमा अत्याधिक रन (कुल रन) ल्याउने पाँच खेलाडीका नाम समाबेस छ :
खेलाडी | टिम | रन | इनिङ् | औसत | S/R | अत्याधिक | सतक | अर्धसतक | चौका | छक्का |
---|---|---|---|---|---|---|---|---|---|---|
स्टिभन टायलर | संयुक्त राज्य अमेरिका | २७४ | ६ | ४१.१६ | १२८.२६ | १६२ | १ | १ | २६ | १३ |
पारस खड्का | नेपाल | १७६ | ६ | ४५.७५ | १११.४६ | ७३ | – | १ | २० | ६ |
नियोनेल कान | बर्मुडा | १५१ | ४ | ३७.७५ | ११७.०५ | ११३ | १ | – | ८ | १२ |
पिटर पेट्रिकोला | इटाली | १३१ | ४ | ३२.७५ | ६१.७९ | ६६ | – | १ | १२ | ३ |
शरद भेसवाकर | नेपाल | १४९ | ४ | ४९.६६ | ७२ | – | २ |
अत्याधिक विकेट
[सम्पादन गर्नुहोस्]तलको तालिकामा यस सिजनमा सर्वाधिक विकेट लिने पाँच खेलाडीका नाम समाबेस छ :
खेलाडी | टिम | विकेट | Mts | औसत | S/R | Econ | BBI |
---|---|---|---|---|---|---|---|
निल म्याक्ग्यारेल | संयुक्त राज्य अमेरिका | ११ | ४ | १४.०० | २१.३ | ३.९३ | ४/४४ |
बसन्त रेग्मी | नेपाल | १० | ४ | १३.०० | २५.३ | ३.०७ | ३/२० |
आमिर कलिम | ओमान | १० | ४ | ११.०० | २१.० | ३.१४ | ४/१५ |
मुनिस अन्सरी | ओमान | १० | ४ | १५.२० | २१.२ | ४.३० | ३/२७ |
डेभिस अरिनैत्वे | युगान्डा | ९ | ४ | ६.६६ | २३.५ | १.६९ | ४/२० |
अन्तिम नतिजा
[सम्पादन गर्नुहोस्]प्रतियोगिताको अन्तिम नतिजा आएपछिको टिमहरूको स्थान:
स्थान | टिम | बढुवा/रेलिगेसन |
---|---|---|
प्रथम | नेपाल | बढुवा भएर क्रिकेट वर्ल्डकप छनौट खेल २०१४खेल्ने |
द्वितीय | युगान्डा | |
त्रितीय | संयुक्त राज्य अमेरिका | यथास्थानमा रहेर डिभिजन थ्री २०१५खेल्ने |
चौथो | बर्मुडा | |
पाँचौं | ओमान | रेलिगेसनमा परेर डिभिजन फोर २०१४खेल्ने |
छैटौँ | इटाली |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ SPORTS ROUND UP, Television Program, Report by: Sabina Karki
- ↑ दोस्रो हारसँगै यात्रा कठिन, रोशनबहादुर सिंह वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-०४ मिति
- ↑ डिभिजन थ्री क्रिकेटमा नेपाललाई दोस्रो जीत वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-०३ मिति